पोखरामा ट्राफिक प्रहरी जवानले मोटरसाइकल चालकलाई किन कुटे ?
पाेखरा | साउन १२, २०८२
पोखरा: पोखराको पालिखे चोकमा एक ट्राफिक प्रहरी जवानले मोटरसाइकल साइकल चालकलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियो हिजो (आइतबार) रहेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरिक्षक शोभा पाण्डेले सुनगाभा न्यूजलाई जानकारी दिईन् ।
‘उक्त भिडियो पोखरा पालिखे चोकको हो, हिजो (आइतबार)को हो, ट्राफिक प्रहरी प्रमुख पाण्डेले भनिन्, ‘सामाजिक सञ्जालमा आज सार्वजनिक भएको उक्त भिडियोपछि डिउटीमा खटिएका ट्राफिक प्रहरी जवानले चोकमा डिउटीको क्रममा रोक्न खोज्दा नरोकी गइ पालिखे चोकबाट नदीपुरतर्फ गई पुनः फर्किएर आएर ट्राफिक प्रहरीसँग झगडा गरेको हो ,उक्त विषयमा थप बुझ्दै छौं ।’
उक्त भिडियोमा ट्राफिक प्रहरी जवानले मोटरसाइकल चालकलाई हातपात गरेपछि मोटरसाइकल चालकले समेत हेल्मेटले हानेको देखिन्छ ।
ट्राफिक प्रहरी र मोटसाइकल चालकबीच झगडा भएको भिडियो सामाजिक सञ्जालमा राख्दै रविन प्रजो लेख्छन् ‘एउटा अभिभावक जो आफ्नो बच्चालाई स्कुल छोड्न जाने क्रम एउटा ट्राफिक प्रहरीबिच को यो झगडाको कारण के हुन सक्छ ?, यहाँहरुको कमेन्टको अपेक्षा राख्दछु ।’
काठमाडौं: पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । गैरकानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा सम्पत्ति...
पोखरा: तमु समुदायको एतिहासिक, मौलिक साँस्कृतिक ट्होटें पर्व तमु धिं नेपालको आयोजनामा चैत्रको अन्तिम मंगलबार मनाएको छ। उधौलीट्होटें पोखराको पुरानो एयरपोर्ट मेयर हर्क गुरुङ चोकबाट प्रकृत...
पोखरा । दशौं पोखरा स्पोर्ट्स अवार्ड–२०८२ अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ का लागि मनोनयनमा परेका खेलाडीहरूको नाम सार्वजनिक गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रका...

